३ किलो चरेससहित भारतीय नागरिक पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८१ आश्विन २

वीरगन्ज : पर्सा प्रहरीले एक जना भारतीय नागरिकलाई करिब ३ किलो लागूऔषध चरेससहित पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले वीरगन्ज महानगरपालिका–२ छपकैयास्थित डम्पिङ साइडनजिकै मंगलबार शंकास्पद व्यक्तिको खनतलासी गर्दा चरेस बरामद भएको हो । डपिङ साइडमा चरेस खरिद बिक्री भइरहेको सूचना आएपछि प्रहरी परिचालन गरिएको थियो ।

भारत उत्तर प्रदेशको अगरा कुडोल फतेहावाद बस्ने ४२ वर्षीय गोपाल गिरीले प्लास्टिकको झोलाभित्र २ किलो ९६० ग्राम चरेस फेला परेको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जनाए । गिरीलाई नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *