|
२०८२ कार्तिक ५
काठमाडौं — थाइल्याण्डको बैंककबाट थाइ लायन एयरमार्फत आएका भारतीय नागरिक नर्पतसिंह सोलङ्की त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ९० ग्राम सुनसहित पक्राउ परेका छन्।
शङ्कास्पद गतिविधिका आधारमा प्रहरीले जाँच गर्दा उनको मलद्वारमा प्लास्टिकले बेरिएको सुन जस्तो देखिने वस्तु फेला परेको हो।
उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि काठमाडौँ जिल्ला प्रहरी कार्यालय पठाइएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्