धनुषामा २२१ किलो गाँजा सहित एकजना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८१ कार्तिक १२

काठमाडौँ : धनुषा प्रहरीले २ सय २१ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २४ वर्षीय प्रकाश लुङ्गवा रहेका छन्। वडा प्रहरी कार्यालय मुजेलियाबाट खटेको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरेको हो।

जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित बाबा आयल सेन्टर अगाडी चेकजाँच गर्ने क्रममा मकवानपुरबाट जनकपुर आउँदै गरेको ना. ५ ख १७७ नम्बरको मिनी ट्रकमा लुकाएर लैजाँदै गरेको गाँजासहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

ट्रकको पछाडीपट्टीको भागमा फल्स बटन बनाएर लुकाई राखेको १६ वटा पोकामा २२१ किलो ३८ ग्राम गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो। पक्राउ परेका चालकमाथि थप अनुसन्धान सुरु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *