कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्तकमलरी, हलिया तथा कमलरी पुनःस्थापना कार्यविधि–२०८० मा छुटेका विषयलाई छिट्टै समेटेर संशोधन गर्ने बताएका छन्।
घोडाघोडी–२, साँडेपानीमा आज आयोजित मुक्त कमलरी विकास मञ्च कैलालीको साधारणसभामा मुख्यमन्त्री शाहले मुक्तकमलरीले अनिवार्य रूपमा परिचयपत्र पाउनु पर्ने र सरकारी तालिम तथा अवसरमा पहुँच सुनिश्चित गर्नु पर्नेमा जोड दिए।
कार्यक्रममा विभिन्न मागसहित ज्ञापनपत्र बुझाइयो। मञ्चका अध्यक्ष विन्द्रा चौधरीले निःशुल्क शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षित आवासको माग राखेका थिए। केन्द्रीय अध्यक्ष हिरामती चौधरीले देशभर १२,८६९ मुक्तकमलरीमध्ये केवल ७,५०० ले परिचयपत्र पाएको जानकारी दिइन्।
मुख्यमन्त्री शाहले लक्षित समूहका लागि बजेट छुट्याइएको र नीति–नियम सुधार गरी सहज जीवनयापन सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधिहरूले मन्तव्य राखेका थिए।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्