वातावरण बिगार्ने कार्यमा कानुनी कडाइ आवश्यक स्अध्यक्ष ओली

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १७

काठमाडौं — नेकपा ९एमालेका अध्यक्ष केपी शर्मा ओलीले वातावरणमा नोक्सान पुर्‍याउने गतिविधि नियन्त्रण गर्न स्पष्ट कानुनी व्यवस्था र जरिवाना प्रणाली आवश्यक रहेको बताएका छन्।

एमालेको वन तथा वातावरण विभागले आयोजना गरेको वन, वातावरण तथा जलवायु परिवर्तन स्रोत–पुस्तिका विमोचन तथा ऋइए–घण् समीक्षा कार्यक्रममा बोल्दै उनले प्राकृतिक स्रोतको जिम्मेवार प्रयोगबारे ध्यान दिन सबै पक्षलाई आग्रह गरे।

ओलीका अनुसार वन, खोला–नाला र अन्य प्राकृतिक स्रोत विकास र समृद्धिका आधार हुन्, तर तिनको प्रयोगसँगै संरक्षण पनि अपरिहार्य छ। उनले पुनः उत्पादन हुन सक्ने ९जस्तै (काठ) र पुनः उत्पादन हुन नसक्ने ९जस्तै(ढुङ्गा) स्रोतको उपयोगमा भिन्न सावधानी आवश्यक हुने बताए।

उनले वातावरणीय क्षतिले दीर्घकालीन असर पार्ने भएकाले त्यसलाई जनचेतना, कानुनी कडाइ र सन्तुलित स्रोत–उपयोगमार्फत मात्र कम गर्न सकिने धारणा पनि राखे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *