मंसिर १७ गते ‘उज्यालो नेपाल’ पार्टी घोषणा हुँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १३

काठमाडौँ । आगामी मंसिर १७ गते ‘उज्यालो नेपाल’ पार्टी औपचारिक रूपमा घोषणा गरिने भएको छ। पार्टीको मूल नारा ‘उज्यालो भविष्यका लागि, उज्यालो नेपाल’ राखिएको प्रवक्ता राजु थापाले जानकारी दिएका छन्। उक्त नाराले देशको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणलाई साझा राष्ट्रिय लक्ष्यका रूपमा प्रस्तुत गरेको उहाँको भनाइ छ।

पार्टी घोषणा सभाको तयारी अंतिम चरणमा पुगेको र सो अवसरमा दीर्घकालीन दृष्टि, मूल ध्येय तथा विस्तृत घोषणापत्र–२०७९ औपचारिक रूपमा सार्वजनिक गरिने थापाले बताए।

उज्यालो नेपाल पार्टीले नेपालको संविधानका उपलब्धिलाई आत्मसात गर्दै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वयस्क मताधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणालाई आफ्नो सैद्धान्तिक आधारका रूपमा लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *