काठमाण्डौँ । नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले प्रस्ताव गरेको मितिमा महाधिवेशन गर्न नसके स्वतः भङ्ग हुने भएको छ ।
पार्टी केन्द्रीय समिति बैठकले महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरुलाई उनीहरुले प्रस्ताव गरेको समयावधि उपलब्ध गराएको छ । भ्रातृ संस्थाहरुले फरक-फरक समयमा महाधिवेशन गर्ने गरी पार्टीलाई प्रस्ताव गरेका छन् । माघसम्म सबै भ्रातृ संस्थाको महाधिवशेन सक्ने तयारी गरिएको छ ।
नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ, किसान महासंघ, थारू संघ र नेपाल लोकतान्त्रिक खेलकूद संघले महाधिवेशन गर्न सकेका छैनन् ।
२०८१ चैत्र मसान्तभित्र महाधिवेशन गर्नै पर्ने र गर्न नसकेमा स्वतः पदावधी समाप्त हुने भनि यसअघि पनि पार्टीले निर्देशन दिएको थियो । पार्टी बैठकले तदर्थ समितिले २०८१ चैत्र मसान्तपछि गरेका सबै निर्णय खारेज गर्ने निर्णय गरेको छ।
प्रस्तावित कार्यतालिका अनुसार महाधिवेशन गराउन पार्टीका तर्फबाट निर्देशक समितिलाई कार्यादेश दिइने भएको छ । अधिवेशन गराउन पार्टी केन्द्रीय समितिबाट प्रत्येक भ्रातृ संस्थाका लागि ३/३ जना हुने गरी निर्देशक समिति बनाइएको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्