गृहमन्त्री अर्यालद्वारा बौद्ध र साँखु प्रहरी कार्यालयको स्थलगत अनुगमन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १४

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका बेला नोक्सान पुगेका बौद्ध प्रहरी वृत्त तथा साँखु प्रहरी प्रभागको शनिबार निरीक्षण गरेका छन्।

गत भदौ २४ गतेको आन्दोलनले प्रभावित बनाएका दुवै प्रहरी कार्यालयको वर्तमान अवस्था, त्यहाँको सेवाप्रवाह र क्षेत्रीय शान्ति–सुरक्षाको समग्र विवरण बारे उनले सम्बन्धित अधिकारीहरूबाट जानकारी लिएका हुन्।

अनुगमनका क्रममा गृहमन्त्री अर्यालले देशमा शान्ति–सुरक्षा मजबुत बनाउन र अपराध नियन्त्रणमा प्रभावकारी ढंगले लाग्न प्रहरीलाई मनोबलका साथ काम गर्न निर्देशन दिए। जेनजी आन्दोलनपछि क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा समुदायबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै उनले अब प्रहरीले शान्ति–सुरक्षा मात्र होइन, सुशासन प्रवर्द्धनमा पनि विशेष ध्यान दिनुपर्ने उल्लेख गरे।

उनसँगै अनुगमन टोलीमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की तथा काठमाडौँ प्रहरी परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *