|
२०८२ कार्तिक ५
जनकपुरधाम — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन तोकिएको समयमा नै हुनुपर्ने बताएका छन्। जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकारलाई निर्वाचनको वातावरण बनाउन आग्रह गरे।
उनले असाधारण परिस्थितिमा बनेको अन्तरिम सरकारले निर्वाचन घोषणा गरिसकेको भन्दै सबै दलहरू त्यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए। वामपन्थी एकता र समाजवादी मोर्चाको ध्रुवीकरणबारे पनि उनले सकारात्मक प्रगति भइरहेको जानकारी दिए।
प्रचण्ड महोत्तरीको रामगोपालपुरमा आयोजित पार्टी प्रवेश तथा जनसभामा सहभागी हुन मधेश आएका हुन्।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्