काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गण्डकी प्रदेशलाई लक्षित गर्दै आज आइतबार कास्कीको पोखरामा ठूलो एकता सन्देश सभा आयोजना गर्दैछ। सभामा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाललगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
नेकपाले विभिन्न प्रदेशमा एकता सन्देश सभा निरन्तरता दिँदै आगामी कार्यक्रमहरू पनि सार्वजनिक गरेको छ। पार्टीका अनुसार सोमबार कोशी प्रदेशको विराटनगरमा, मंसिर १८ गते कर्णाली प्रदेशको सुर्खेतमा, मंसिर २० गते मधेश प्रदेशको जनकपुरमा र मंसिर २३ गते बागमती प्रदेशको हेटौँडामा सभा हुने छ।
यस्तै, मंसिर २९ गते देशभरका स्थानीय तह (पालिकाहरू) मा एकता सन्देश सभा गर्ने तयारी नेकपाले गरेको छ।
यसअघि नेकपाले शुक्रबार सुदूरपश्चिमको धनगढीमा र शनिबार लुम्बिनी प्रदेशको दाङ देउखुरीमा सभा सम्पन्न गरिसकेको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्