|
२०८२ कार्तिक २७
काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले पार्टी एकताका कारण नेकपा (एमाले)का कतिपय नेता ‘सातो गएको’ टिप्पणी गरेका छन्।
बुधबार काठमाडौँमा मातृभूमि जागरण अभियान समाहित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “एकताको प्रक्रिया अघि बढिरहेको छ।
यस अभियानले नेपालको राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ। कम्युनिस्ट आन्दोलनका कतिपय घटकहरूको होस हवास गुमेको हुनुपर्छ, तर गाली–गलौजमा उत्रिनु आवश्यक छैन।”
नेपालले अभियानलाई ऐतिहासिक अवसरका रूपमा व्याख्या गर्दै नेताहरूप्रति धन्यवाद ज्ञापन गरे र कम्युनिस्ट एकता अभियानलाई गौरवसाथ अघि बढाउन जोड दिए।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्