विद्या भण्डारीको सदस्यता मागबारे ओलीको जवाफ: ‘कल ब्याक गर्छु, माइती बनेर नआउनू’

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ३१

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रक्रियासंगत रूपमा निवेदन दिए सदस्यता दिन सकिने संकेत गरेका छन्। केन्द्रीय कमिटी बैठकमा करिब ५० सदस्यले भण्डारीको सदस्यता नवीकरणको माग गरेका थिए।

ओलीले भण्डारीको फोन आएको तर व्यस्तताका कारण उठाउन नसकेको भन्दै “कल ब्याक गर्छु” भनेका छन्। उनले भण्डारीलाई असजिलो बेलामा सहयोग गरेको स्मरण गराउँदै भने, “म सजिलो हैन, असजिलो हेलाँको साथी हुँ। माइती बनेर नआउनू।”

पूर्वराष्ट्रपतिलाई पार्टी फर्कन चाहिने प्रक्रियाअनुसार निवेदन दिन सुझाव दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *