|
२०८२ भाद्र २
काठमाण्डौँ । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर पुगेकी छन् ।
उनको स्वागतका लागि कोशी प्रदेशको राज्यमन्त्री विराटनगर विमानस्थल पुगेकी थिइन् ।
पछिल्लो समय कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग असन्तुष्ट बनेकी राज्यमन्त्री सृजना राई सोमबार भण्डारीलाई स्वागत गर्न विराटनगर विमानस्थल पुगेकी हुन् ।
नेकपा एमालेले विद्या भण्डारीको पक्षमा बहस तथा छलफल गर्न पार्टी कमिटीमा बन्देज लगाएको छ । भण्डारीको पक्षमा बोल्नका लागि प्रतिबन्ध लगाएको अवस्थामा राई स्वागतका लागि विमानस्थल पुगेकी छन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्