हाम्रो एकताले कोही–कोहीको होस गुम्यो’

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २९

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै आफूहरूको पार्टी एकताले कतिपय नेताहरूले होस गुमाएको जस्तो व्यवहार देखाएको टिप्पणी गरेका छन्।

भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पार्टीमा समाहित गर्ने कार्यक्रममा बोल्दै नेपालले पार्टी एकता प्रक्रिया अझै नरोकिने स्पष्ट पारे। नेकपा गठनले नेपाली राजनीतिमा ठूलो तरङ्ग ल्याएको उल्लेख गर्दै उनले भने,
“कतिको होस् हवास गुमेको हुन सक्छ। गालीगलौज गरेर केही हुँदैन, बरु धन्यवाद दिनुस्। मैले बिगारे, तपाईँहरूले सपार्नुभयो भनेर धन्यवाद प्रस्ताव पास गर्नुभयो भने हाम्रो पनि घाउमा मलहम लाग्छ।”

उनले देश र जनताप्रति समर्पित, जिम्मेवार र स्थिर राजनीतिक शक्ति आफूहरूकै पार्टी भएको दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *