|
२०८२ कार्तिक २०
काठमाडौँ — हिजो बुधबार श्रीलंकामा जारी काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालले घरेलु टोली श्रीलंकालाई ३–१ सेटले हराएको छ।
नेपालले खेल २५–१८, २६–२४, १९–२५, २५–२० ले जितेको हो। यसअघि नेपाल पहिलो खेलमा किर्गिस्तानसँग ३–२ ले पराजित भएको थियो।
प्रतियोगितामा चार टोली सहभागी छन्, जसको राउन्ड रोबिनपछि सेमिफाइनल र कात्तिक २३ गते फाइनल हुनेछ।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्