|
२०८३ आश्विन २५
काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीले पदमार्ग र आवतजावतका संरचनामा क्षति पुर्याएपछि मनास्लु सर्किटका पर्यटक समस्यामा परेका छन्।
बाढीले गोरखा र धादिङ क्षेत्रमा छवटा पुल बगाएको छ भने कम्तीमा १० जना बेपत्ता भएका छन्। चुमनुब्री गाउँपालिका–३ का पैयुँ र बगरमा करिब ३५ घर बगाएको छ। जगत्, सल्लेरी, दोभान र घट्टेखोला क्षेत्रमा समेत क्षति पुगेको छ।
पुल र सडक अवरुद्ध हुँदा पर्यटकको यात्रा प्रभावित भएको हो।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्