राजमार्ग सुधारमा ठूलो लगानी जुट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २५

काठमाडौं । महेन्द्र, पृथ्वी र कर्णाली राजमार्ग सुधारका लागि एसियाली विकास बैंक (एडीबी)ले करिब ४७ अर्ब रुपैयाँ बराबरको सहायता स्वीकृत गरेको छ।

सहायताबाट नारायणगढ–हेटौंडा सडक चार लेनमा विस्तार, मुग्लिङ–आँबुखैरेनी खण्ड स्तरोन्नति र कर्णाली राजमार्गको सडक सुरक्षा सुधार गरिनेछ। नारायणगढ–हेटौंडा खण्डको टिकौली जंगलमा वन्यजन्तुमैत्री संरचनासमेत निर्माण गर्ने योजना छ।

आयोजना अघि बढाउन नेपाल सरकार र एडीबीबीच सम्झौता हुन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *