काभा कप पुरुष भलिबलमा श्रीलङ्कासँग नेपाल सोझो सेटमा पराजित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १०

काठमाण्डौँ । बङ्गलादेशमा जारी काभा कप पुरुष भलिबलमा नेपालले चौथो हार बेहोरेको छ ।

ढाकाको शहीद सुह्रवर्दी इन्डोर स्टेडियममा आज भएको आफ्नो अन्तिम लिग खेलमा नेपाल श्रीलङ्कासँग ३–० को सोझो सेटमा पराजित भयो । श्रीलङ्काले नेपाललाई २५–१८, २५–१७ र २५–२० ले हराएको हो ।

यसअघि नेपालले तुर्कमेनिस्तान र बङ्गलादेशसँग हार बेहोरेको थियो । तेस्रो खेलमा भने नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराएको थियो ।

योसँगै नेपाल पदकविहीन बनेको छ । अब नेपालले भोलि पाँचौं स्थानको प्लेअफमा माल्दिभ्ससँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *