काठमाण्डौँ । बंगलादेशको ढाकामा भइरहेको काभा कप पुरुष भलिबल (काभा कप फर मेन) को आफ्नो दोस्रो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ ।
ढाकास्थित इन्डोर हलमा बिहीबार भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा नेपाल बंगलादेशसँग ३-२ को सेटमा पराजित भएको हो ।
सुरुवाती तीन सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो । जहाँ घरेलु टोली बंगलादेशले पहिलो सेट २५-२३ र दोस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्दै २-० को अग्रता बनाएको थियो । तर नेपाल खेलमा फर्कियो । प्रतिस्पर्धात्मक तेस्रो सेट नेपाल २५-२३ ले आफ्नो पक्षमा पार्दै पुनरागमन गरेको थियो ।
यो जितसँगै बंगलादेशले लगातार दुई खेल जित्दै ५ अंक जोडेको छ । लगातार दुई खेलमा पराजित भएपनि नेपालले १ अंक जोडेको छ ।
आजै भएको खेलमा तुर्कमेनिस्तानले श्रीलंकालाई तथा अफगानिस्तानले माल्दिभ्सलाई पराजित गरेको छ ।
तुर्कमेनिस्तान लगातार दुई खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्