|
२०८२ भाद्र २८
भदौ २४ गते हेटौंडामा जेनजीको प्रदर्शनका क्रममा भएको लुटपाटमा संलग्न केही व्यक्तिहरूलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। हेटौंडा–४ कर्राबाट ठूलो संख्यामा चोरीका सामग्री सहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको कार्यालयबाट चोरी गरिएका दराज, टेबल, कुर्सी, कम्प्युटर लगायतका सामान दुई ट्रकमा लुकाइएका थिए। स्थानीयको सहयोगमा ती सामग्रीहरू फेला पारिएका हुन्।
प्रहरी प्रवक्ता श्यामु अर्यालले दोषीलाई नछोड्ने चेतावनी दिएका छन्। स्थानीय निरज सिंह ठकुरीको सहयोगमा चोरीका सामान फिर्ता भएको र अपराधीलाई कारबाहीको प्रक्रिया तीव्र रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्