|
२०८२ कार्तिक १३
काठमाडौं — चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो तीन महिनामा सरकारले १ खर्ब ८४ करोड रुपैयाँ बराबरको सार्वजनिक ऋण लिँदा, भुक्तानी घटाउँदा खुद ऋण दायित्व ५० अर्ब ६० करोड रुपैयाँले बढेको छ।
सार्वजनिक ऋण असोज मसान्तसम्म २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको छ, जुन असार मसान्तको २६ खर्ब ७४ अर्ब ४ करोड भन्दा उल्लेख्य वृद्धि हो। अहिले सरकारी ऋण जीडीपीको ४४।६१ प्रतिशत पुगेको छ।
यस अवधिमा आन्तरिक ऋण १२ खर्ब ७८ अर्ब ७ करोड र बाह्य ऋण १४ खर्ब ४६ अर्ब ५८ करोड पुगेको छ। विनिमय दरको उतारचढावका कारण ऋण दायित्व ४० अर्ब २६ करोडले थपिएको छ।
सरकारले यो वर्ष कुल ५ खर्ब ९५ अर्ब रुपैयाँ ऋण लिने लक्ष्य राखेकोमा असोज मसान्तसम्म १६।९३ प्रतिशत ९१ खर्ब ८४ करोड० मात्र ऋण उठाइएको छ।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्