|
२०८२ कार्तिक १३
काठमाडौँ । रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ धुलेओडारमा गएराति लु २ च ८०१५ नम्बरको जिप सडकबाट खसेर दुर्घटना भएको छ। दुर्घटनामा ३२ वर्षीय थम्मन रोका मगरको उपचारका क्रममा मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका तीन जनाको अवस्था गम्भीर रहेको छ। उनीहरू हुन्:
- खिमबहादुर पुन, ४० वर्ष, लुंग्री गाउँपालिका–७ हर्जन
- भावना गिरी, २७ वर्ष, लुंग्री–४ साल डाडाँ
- शान्ति गिरी, ५ वर्ष, उनका छोरी
घाइते तीनै जनालाई मेडिकल कलेज भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विज्ञान चापागाईँले जानकारी दिएका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्