काठमाडौँबाट लमजुङ जाँदै गरेको हायलक्स नुवाकोटमा दुर्घटना, १ मृत्यु, ५ घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८१ आश्विन १९

काठमाडौं : काठमाडौँबाट लमजुङ जाँदै गरेको हायलक्स गाडी आज बिहान नुवाकोटमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ५ यात्रु घाइते भएका छन्। नुवाकोटको शिवपुरी गाउँपालिका-८ काफलडाँडामा बा १४ च ३८५५ नम्बरको गाडी सडकबाट यात्रु ५८ वर्षका उपेन्द्र खनालको मृत्यु भएको हो।

दुर्घटनामा ५ जना घाइते भएको नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी शान्तिराज कोइरालाले जानकारी दिए। गाडी टोखा-छहरे सडकबाट करिब ५ सय मिटर तल खस्दा गम्भीर घाइते भएका खनालको काठमाडौँ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा गाडीका चालकसहित अन्य ५ जना घाइते भएको डीएसपी कोइरालाले जानकारी दिए। उनका अनुसार दुर्घटनामा चालक काठमाडौँको तारकेश्वर-१ का ४६ वर्षीय विश्वनाथ अधिकारी, यात्रुहरू नागार्जुन-३ का ६३ वर्षीय चन्द्रनाथ शर्मा, तारकेश्वर-९ मनमैजुका ५२ वर्षीय रामशरण अधिकारी, ७६ वर्षीया हरिकला खनाल र ५१ वर्षीया गायत्री खनाल घाइते भएका हुन्।

तीमध्ये रामशरणको अवस्था गम्भीर रहेको छ । अन्य ४ घाइतेको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। गाडीमा सवार सबै आफन्त रहेको बुझिएको छ। घाइतेहरूको ग्रान्डी हस्पिटल काठमाडौँमा उपचार भइरहेको छ। उक्त गाडी हाइड्रोपावरको भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *