नेकपा माओवादीलाई हैसियत अनुसार सहभागिता चाहिन्छ : प्रचण्ड

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र ८

८ चैत, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद हेरफेर भएमा आफ्नो पार्टीलाई हैसियत अनुसारको सहभागिता चाहिने बताएका छन् । मंगलबार माओवादी केन्द्रको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेका अध्यक्ष प्रचण्डले जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै यसबारे आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भनिसकेको बताए । यस विषयमा प्रधानमन्त्री देउवा पनि सकारात्मक रहेको उनको भनाइ थियो ।

उनले भने, ‘मन्त्रिपरिषद्मा हेरफेरको कुरा चले पनि अहिलेसम्म औपचारिक रुपमा भने टुङ्गिएको छैन । माओवादी केन्द्रले मन्त्रिपरिषद गठनको समयमा त्याग गरेको उनको भनाइ थियो । ‘प्रधानमन्त्रीजीले हाम्रो महाधिवेशनसम्मलाई सहयोग गर्नुस् भनेर भन्नु भएको थियो । हामीले पाउनुपर्ने जति मन्त्रालय पाएका छैनौं । माधवजीले पनि मेरो पार्टी नयाँ छ, धेरै दुःख छ, सहयोग गर्नु भन्नुभएको थियो । अहिलेसम्म सबैलाई सहयोग गर्ने सबै काम माओवादी केन्द्रले गर्दै आएको छ ।’

स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न माओवादी केन्द्रलाई आवश्यक नरहेको दाबी गर्दै उनले गठबन्धन हुने या नहुने भन्ने विषय काँग्रेसमाथि भरपर्ने प्रस्ट पारे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *