सहमति नभए निर्वाचन हुन्छ :माओवादी अध्यक्ष प्रचण्ड

DaksuMedia दाक्सु मिडिया
|
२०७८ पुष १७

काठमाडौ : नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनको बन्द सत्र २ घण्टाका लागि स्थगित भएको छ।

केन्द्रीय सदस्य चयन सहमतिबाटै हुने नभए निर्वाचनमा जान सकिने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

उहाँले केन्द्रीय सदस्य चयन सहमति हुने बताउनु भएको छ। नभए निर्वाचनमा जान सकिने उहाँले बताउनु भएको छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै  माओवादीका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले भने।

प्रचण्डले क्लस्टर र खुला सदस्यमा सहमतिबाट चयन गर्ने प्रयास भइरहेको बताएका हुन्। 

सहमतिबाट केन्द्रीय कमिटी चयनका लागि पार्टीको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा साँझ ५ बजेसम्म छलफल हुनेछ।

निर्वाचन समितिका प्रमुख विष्णु पुकार श्रेष्ठले निर्वाचन कार्यतालिका निकाल्ने तयारी गरेको बताए।

‘सहमतिको लागि प्रयास हुन्छ। त्यही बीचमा निर्वाचनको कार्यतालिका सार्वजनिक गरिनेछ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *