एमाले सचिवालय बैठकमा परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण प्रधानमन्त्रीले रोकेकोबारे छलफल हुने

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १५

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।

पार्टीका महासचिव शंकर पोखरेलले आज बिहान ११ बजे सचिवालय बैठक बस्ने जानकारी दिए।

उनकाअनुसार परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आदेशमा रोकिएकोबारे सचिवालय बैठकमा छलफल हुनेछ।

प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण अन्तिम समयमा रोकेका थिए। उनी आइतबार साँझ त्यसतर्फ जाने तयारीमा थिइन्। तर प्रधानमन्त्रीको आदेशपछि उनी त्यसतर्फ गइनन्।

एमालेले  समसामयिक राजनीतिक घटनाक्रमबारे पनि सचिवालय बैठकमा छलफल गर्ने भएको छ।

पार्टी कार्यालयका सचिव भिष्म अधिकारीले राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि सचिवालय बैठकमा छलफल हुने सेतोपाटीलाई जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *