धादिङमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २०

धादिङ, असोज २० — धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–५, थापाकटेरीमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३० वर्षीय यम बहादुर कँडेल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, यम बहादुरले आइतबार राति करिब ९ बजे ५५ वर्षीया आमा राम माया कँडेलमाथि धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए।

हत्या सम्बन्धी सूचना प्राप्त भएपछि डीएसपी प्रकाश दाहालको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलमैबाट यम बहादुरलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले हत्या गर्न प्रयोग गरिएको धारिलो हतियार समेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *