×

संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।

भदौ २६, २०७८ | दाक्सु मिडिया

संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । हत्या आरोपमा शनिबार बिहान प्रहरीले एक जना छिमेकी युकवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका युवक मृतक तेजबहादुर नाताले भान्जा पर्छन् । आइतबार सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले हत्या आरोपीको पहिचान खुलाएको छैन । तर, पक्राउ पर्ने  मानसिक अवस्था कमजोर रहेका व्यक्ति भएको प्रहरीले बताएको छ।

प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी युवक शङ्काको घेरामा थिए । घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिको सर्टमा लागेको रगत र मृतकको डिएनए परीक्षणपछि सार्वजनिक गरिने प्रहरीले बताएको छ ।

संखुवासभाका डिएसपी लालध्वज सुवेदीका अनुसार घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । हत्या आरोपीलाई आइतबार सार्वजनिक गरिने छ ।

हत्यामा एक व्यक्तिको मात्रै संलग्नता रहेको प्रहरी स्रोतले बताएको छ । सुरुमा तेजबहादुरको हत्यापछि परिवारका अन्य सदस्यको हत्या भएको स्रोतको दाबी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: