×

राजावादीको आन्दोलनमा अप्रत्यक्ष संलग्नलाई पनि कारबाही गर्न राज्यव्यवस्था समितिले सरकारलाई दियो निर्देशन

चैत्र २१, २०८१ | दाक्सु मिडिया

काठमाण्डौँ । राजावादीको चैत १५ को प्रदर्शनमा अप्रत्यक्ष रूपमा संलग्न रहेकाहरूमाथि पनि आवश्यक छानबिन र कानुनी कारबाही अगाडि बढाउन प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबारको बैठकले उक्त घटनामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्नहरूलाई कारबाही गर्न निर्देशन दिएको हो ।

उक्त आन्दोलन पूर्वाराजा ज्ञानेन्द्र शाहको उक्साहटमा भएको संसदीय समितिमा नै कुरा उठेको थियो । त्यस्तै, आगामी दिनमा यस्ता खालका हिंसात्मक घटना दोहोरिनबाट रोक्न एवम् संविधान, कानुन एवं संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको रक्षा गर्नको लागि गम्भीरताका साथ अघि बढ्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: