संसदमा मादकपदार्थ सेवन गरी आउने सांसदलाई कारबाही हुनुपर्छः सांसद बस्नेत

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार ९

काठमाडौँ : राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले संसद्मा मादकपदार्थ सेवन गरी आउने सांसदलाई ६ महिनासम्म निलम्बन गर्न माग गरेका छन्।

शिक्षक, प्रहरी, सेना, जति पनि कर्मचारी छन्, ती सम्पूर्णको तलब भत्ता बढोस्। नेपालमा बसेर खान गाह्रो भयो। त्यो थोरै तलबले कर्मचारी टिक्दैनन्। कोही पनि टिक्न सक्ने अवस्था छैन। भ्रष्टाचार बढेको बढ्यै छ। कालोबजारी बढेको बढ्यै छ।’ उनले भने। उनले वन अतिक्रमण भएकोबारे सरकारले विशेष ध्यान दिन आवश्यक रहेको सुनाए।

उनले भने ‘प्रतिनिधि सभामा एक महिला सांसदले पुरुष एक जना सांसद संसद्मा रक्सी खाएर आउनु हुन्छ भन्नुभयो। यदि त्यसो हो भने कारबाही हुनुपर्छ। संसद्को अनुशासनको कुरा गरेर आफैँ अनुशासन हीन नहोस्। त्यस्तो कार्य भए ६ महिनाको निलम्बन हुनुपर्छ।’

बजेटले कर्मचारीको तलब भत्ता नबढाएको धेरै भएको उल्लेख गर्दै कर्मचारीको तलब बढाउन नितान्त आवश्यक रहेको उनको भनाइ थियो।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले केही दिनअघि प्रतिनिधि सभा बैठकमा एक महिला सांसदले एक पुरुष सांसद संसद्मा मादक पदार्थ सेवा गरी आएको कुरा उठाएको भन्दै संसद्को अनुशासनको कुरा गरेर आफैँ अनुशासनहीन काम गर्ने सांसदलाई ६ महिना निलम्बन गरिनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *