काठमाडौं । गृहमन्त्री रमेश लेखकले सोमबार साँझ पार्टी बैठकमा आफू पदमा नरहने घोषणा गरेका छन्। सोमबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा उनले नैतिकताका आधारमा राजीनामा दिने जानकारी गराएका हुन्।
एक पदाधिकारीका अनुसार लेखकले देशमा भएको ठूलो जनधनको क्षतिको उल्लेख गर्दै आफू पदमा रहन नहुने बताए। “आजको प्रदर्शनमा ठूलो मानवीय क्षति भयो । मैले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ, नैतिकताका आधारमा पदमा बस्दिनँ,” गृहमन्त्री लेखकको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले अनलाइनखबरसँग बताएका छन्।
हालैको प्रदर्शनका क्रममा भएको मानवीय क्षतिप्रति लेखकले गम्भीर चिन्ता व्यक्त गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने र त्यही कारण पदबाट अलग हुने निर्णय गरेको स्पष्ट पारेका छन्।
गृहमन्त्री लेखकको यस कदमलाई राजनीतिक वृत्तमा उदाहरणीय र नैतिक मूल्यमा आधारित निर्णयका रूपमा हेरिएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्