काठमाडौँ : गृहमन्त्री रमेश लेखकले प्रहरीले जनताका मुद्दा बोक्नुपर्ने बताएका छन्।
सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन र भौतिक पूर्वाधारहरूको उद्घाटन गर्ने कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले जनताका मुद्दा बोक्दा त्यसैमा प्रहरीका मुद्दासमेत समेटिने उल्लेख गरेका छन्।
‘प्रहरी साथीहरूलाई आत्मविश्वाससहित काम गर्न आग्रह गर्छु, जनताका मुद्दा बोक्नुपर्यो, जनताका मुद्दा बोक्दा आफ्ना मुद्दा पनि आइहाल्छन्,’ गृहमन्त्री लेखकले भने।
नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जाेडिएकाे उल्लेख गर्दै उनले जनताले उचित सेवा पाउनुपर्ने बताए।
फरक प्रसंगमा गृहमन्त्री लेखकले सरकार बनेका एक सय दिनमा १० वटा काम गर्ने योजनासहित आफू अघि बढेको पनि बताए। उनले संक्रमणकालीन न्यायका विषयमा निष्कर्षमा पुगिएको पनि बताएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया