१० अंकले घट्यो सेयरबजार, १८६ कम्पनीका लगानीकर्ताले गुमाए

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार ६

काठमाडौँ : सेयरबजार १०.४४ अंकले घट्दा १८६ कम्पनीका लगानीकर्ताले प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। नेपाल स्टक एक्सचेन्जका अनुसार कुथेली बुखारी स्मल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ९.२८ प्रतिशत प्रतिकित्ता नोक्सानी व्यहोरेका हुन्। उक्त अंकले घटेर नेप्से २०६८.३१ विन्दुमा छ। २०९५ विन्दुबाट सुरु भएको बजार २०६८ विन्दुमा बन्द भएको हो।

कुथेलीबाहेक अन्य कम्पनीको सेयर मूल्य ५.४७ प्रतिशतसम्मले घटेको छ। आज ५२ वटाको मात्रै सेयर मूल्य बढेको छ। प्रतिसेयर आम्दानीमा अधिकतम लगानीकर्ताले आज ७.७१ प्रतिशतसम्म कमाएका छन्। ८ कम्पनीको सेयर कारोबार भने अघिल्लो मूल्यमै भएको थियो। आज फाइनान्स र सामूहिक लगानी कोषको थोरै टेवा मिले पनि सूचक हरियो हुनलाई पर्याप्त रहेन। अन्य सबै उपसूचक राताम्य हुनपुगे।

३ अर्ब ८७ करोडको कारोबार
साताकै अन्तिम कारोबार दिन सेयरबजारमा ३ अर्ब ८७ करोड रुपैयाँको कारोबार भएको छ। ८६ लाख ६३ हजार ६ सय ९९ कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो।

उक्त कारोबारमा माउन्टेन इनर्जीको १७ करोड १४ लाख, एनआरएन हाइड्रोपावर एन्ड डेभलपमेन्टको १५ करोढड ७४ लाखको, सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको ९ करोड ९९ लाख, पोखरा फाइनान्सको ८ करोड ९६ लाख र गुर्खाज फाइनान्सको ८ करोड ६८ लाखको सेयर कारोबारको योगदान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *