काठमाडौँ : मंगलबार उथलपुथल देखिएको सेयरबजार बुधबार भने संयमित देखियो। मंगलबार १०८ अंकको अधिकतम बिन्दु चुमेर दुई पटक सकारात्मक सर्किट ब्रेक गरेको नेप्सेले आज भने दिनभर ऋणात्मक रहे पनि अन्तिममा भने सूचक बढेर हरियो बनेको छ।
दिनभर सामान्य उतारचढावका बीच ३.७९ अंकले नेप्से सूचक बढेर २१०४.२२ अंकमा बन्द भएको छ।प्रिओपन सेसनमै घटेको सूचकले कारोबार खुलेपछि पनि निरन्तरता पाएको थियो। कारोबारको अन्तिम ५ मिनेटको समयमा सूचकमा वृद्धि देखिएको हो। कारोबार खुलेको एक मिनेटमा २ अंकले बढेको बजार त्यसपछि भने आरालो लागेको थियो।
मंगलबार हौसिएका लगानीकर्ताले बुधबार संयमित बनेर सेयर खरिदबिक्री गरेका छन्। सूचकमा न्यून वृद्धि देखिए पनि लगानीकर्ताले हिजोको तुलनामा आज ५० करोड रुपैयाँ धेरैले सेयर कारोबार गरेका हुन्। बुधबार कुल ५ अर्ब ८ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
बढ्नेमा सेन्ट्रल फाइनान्स र आइसिएफसी फाइनान्स अगाडि छन्। यी दुई कम्पनीको मुल्यमा सकारात्मक सर्किट लाग्दा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स र मन्जुश्री फाइनान्सको पनि सर्किट लेबलमै मूल्य बढेको हो। कारोबारको आधारमा भने आज मन्जुश्री फाइनान्स अगाडि छ। यो कम्पनीको २३ करोड रुपैयाँ बराबरको सेयर काराबार भएको हो।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
यस्तै नेप्से सूचकमा आएको सामान्य वृद्धिसँगै बैकिङ, विकास बैंक, फाइनान्स र लगानी समूहको सूचक बढेको छ। जसमा फाइनान्सको मात्रै ६ प्रतिशतले सूचक बढेको हो। अन्य समूहको उपसूचक भने आज घटेका छन्। समग्रमा आज कारोबारमा आएको कम्पनी मध्ये १०१ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १३६ वटा कम्पनीको घटेको छ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्