बेगनास तालमा आजदेखि रोमाञ्चक डुङ्गा प्रतिस्पर्धा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २७

पोखरा : पोखराको बेगनास तालमा आजदेखि खुला पुरुष तथा महिला डुङ्गा दौड प्रतियोगिता सुरु हुँदैछ। प्रतियोगितामार्फत तालको पर्यटन प्रवर्द्धन गर्नुका साथै जल सुरक्षाबारे जनचेतना फैलाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

पुरुष र महिलातर्फ गरी २२ टोली सहभागी हुने अपेक्षा गरिएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ।

आयोजकका अनुसार यस कार्यक्रमले खेल पर्यटनलाई टेवा पुर्‍याउँदै बेगनास तालप्रति आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *