पोखराबाट दुबई सिधा उडानको बाटो खुल्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २७

गण्डकी : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित सिधा हवाई सेवा सञ्चालन हुने भएको छ। फ्लाई दुबईले आगामी सेप्टेम्बर २३ देखि दैनिक उडान गर्ने अनुमति प्राप्त गरेको छ।

यस उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग थप मजबुत रूपमा जोड्ने अपेक्षा गरिएको छ। पर्यटन, व्यापार तथा वैदेशिक रोजगारीका लागि यात्रा गर्ने यात्रुहरूलाई समेत सहज हुने विश्वास गरिएको छ।

लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा विमानस्थलका लागि यो महत्त्वपूर्ण उपलब्धि मानिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *