|
२०८३ जेष्ठ २७
नवलपरासी : बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिकामा मंगलबार आएको हुरीसहितको वर्षाले १७ घर र दुई गोठमा क्षति पुर्याएको छ। तेज हावाका कारण घरका छाना उड्नुका साथै केही स्थानमा रुखका हाँगा खस्दा भौतिक क्षति भएको जनाइएको छ।
केही कच्ची घरका पर्खाल चर्किएका छन् भने एक घरको पर्खाल भत्किएको छ। यद्यपि घटनाबाट कुनै मानवीय वा पशुचौपायाको क्षति नभएको र कुनै परिवार विस्थापित नभएको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दाले क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापनाको काम सुरु गरेका छन्।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्