कोशी नामकरणको विरोधमा हड्ताल 

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २८

प्रदेशको नामकरणपछि कोशी प्रदेशमा लगातार बन्द हड्ताल हुन थालेको छ। पछिल्लो तीन दिनभित्र दुई दिन बन्द हड्ताल हुँदा जनजीवन प्रभावित बनेको छ । 

पहिचान पक्षधर दल तथा संगठनहरुले फागुन १७ मा नामकरण भएयता मात्रै दुई पटक प्रदेशमा बन्द हड्ताल गरिसकेका छन्।

गएको शुक्रबार मात्रै प्रदेशमा हड्ताल गरेका पहिचान पक्षधर शक्तिहरुले आइतबार बिहानैदेखि विभिन्न ठाउँमा यातायात तथा पसलहरु बन्द गराएका छन्। 

लिम्बूवान संगठनका विभिन्न घटक, खम्बुवान संगठनहरुले आजको हड्ताल आह्वान गरेका हुन्। यसले प्रदेशको राजधानी विराटनगरमा सामान्य असर परे पनि झापा, इलाम, पाँचथर, ताप्लेजुङसहितका पहाडी जिल्लाहरुमा प्रभाव पारेको छ। झापाका अधिकांश निजी स्कुल बन्द छन्। इलाममा पनि शैक्षिक क्षेत्रमा असर परेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *