×

कोशी प्रदेशका सामाजिक विकासमन्त्रि राजभण्डारीको घरमा तोडफोड

चैत्र २९, २०७९ | दाक्सु मिडिया

कोशी प्रदेशको नामाकारणमा असहमति राख्दै आएका आन्दोलनकारीहरुले सामाजिक विकास मन्त्रि बुद्धिकुमार राजभण्डारीको काठमाण्डौ स्थित निजि घरमा तोडफोडको प्रयास गरेका छन् ।

पहिचान पक्षधर आन्दोलनकारीहरुले मन्त्रि राजभण्डारीको काठमाण्डौ पेप्सिकोला स्थित घरमा कालो झण्डा राख्नुका साथै तोडफोड गरेका राजभण्डारीको पारिवारीक श्रोतले जनाएको छ । यता आन्दोलनकारीहरुले भने सामाजिक संजालमा घरमा कालो झण्डा राखेको फोटो सार्वजनिक गर्दै सोलुखुम्बुका पहिचानबादिहरुले उक्त कदम चालेको स्विकार गरेका छन् ।

उक्त घटनाप्रति नेकपा एमाले जिल्ला कमिटि सोलुखुम्बुले खेद प्रकट गरेको छ । एमाले जिल्ला अध्यक्ष डुफकुमार बाँस्तोलाले एक प्रेस विज्ञप्ति जारी गरि राजनैतिक मुद्दामा ब्यक्तिको निजि सम्पत्ति माथि तोडफोड गरिने दुखद भएको जनाईएको छ । कोशी प्रदेश नामाकरण राजनैतिक विषय भएकोले राजनैतिक रुपमा नै समाधान गर्नु पर्ने एमालेको ठहर छ । साथै उक्त घटनामा सम्लग्नलाई कानुनी कार्बाहीको माग समेत गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: