कोशी प्रदेशका सामाजिक विकासमन्त्रि राजभण्डारीको घरमा तोडफोड दाक्सु मिडिया | २०७९ चैत्र २९ कोशी प्रदेशको नामाकारणमा असहमति राख्दै आएका आन्दोलनकारीहरुले सामाजिक विकास मन्त्रि बुद्धिकुमार राजभण्डारीको काठमाण्डौ स्थित निजि घरमा तोडफोडको प्रयास गरेका छन् । पहिचान पक्षधर आन्दोलनकारीहरुले मन्त्रि राजभण्डारीको काठमाण्डौ पेप्सिकोला स्थित घरमा कालो झण्डा राख्नुका साथै तोडफोड गरेका राजभण्डारीको पारिवारीक श्रोतले जनाएको छ । यता आन्दोलनकारीहरुले भने सामाजिक संजालमा घरमा कालो झण्डा राखेको फोटो सार्वजनिक गर्दै सोलुखुम्बुका पहिचानबादिहरुले उक्त कदम चालेको स्विकार गरेका छन् । उक्त घटनाप्रति नेकपा एमाले जिल्ला कमिटि सोलुखुम्बुले खेद प्रकट गरेको छ । एमाले जिल्ला अध्यक्ष डुफकुमार बाँस्तोलाले एक प्रेस विज्ञप्ति जारी गरि राजनैतिक मुद्दामा ब्यक्तिको निजि सम्पत्ति माथि तोडफोड गरिने दुखद भएको जनाईएको छ । कोशी प्रदेश नामाकरण राजनैतिक विषय भएकोले राजनैतिक रुपमा नै समाधान गर्नु पर्ने एमालेको ठहर छ । साथै उक्त घटनामा सम्लग्नलाई कानुनी कार्बाहीको माग समेत गरिएको छ । थप समाचारहरु बन्दको अवज्ञा गरेको भन्दै चार ट्रकमा तोडफोड कोशी प्रदेश सामाजिक विकास मन्त्रालयमा ४ जना अवैतनिक सल्लाहकार नियुक्त क्याम्पसमा तोडफोड गरेको अभियोगमा नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी कोशी प्रदेशका दुई पूर्व मुख्यमन्त्रीलाई जरिवाना कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत प्रदेशको नाम कोशी खारेज गरेर किराँत राख्न माग गर्दै माइतीघरमा प्रदर्शन तपाईको प्रतिक्रिया दिनुहोस् Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked * Your Comment* Name* Email* Website Notify me of follow-up comments by email. Notify me of new posts by email. Δ
तपाईको प्रतिक्रिया दिनुहोस्