×

नेपाललाई तेस्रो सफलता, कुशलले लिए विकेट

फाल्गुन १८, २०७९ | दाक्सु मिडिया

आईसीसी विश्वकप लिग–२ मा नेपालले त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईविरुद्धको खेलमा तेस्रो सफलता हात पारेको छ । 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि कुशल मल्लले तेस्रो विकेट लिएका हुन् । 

कुशलले २५ औं ओभरको चौथो बलमा चुन्दगापोयल रिजवानलाई २४ रनमा क्याच आउट गराए । 

यसअघि सन्दीप लामिछानेले १४ औं ओभरको चौथो बलमा भिट्रीया अरविन्दलाई १८ रनमा क्याच आउट गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: