×

युएईविरूद्ध २८ ओभरमा नेपालको सय रन पूरा, महत्वपूर्ण ४ विकेट गुम्यो

फाल्गुन २८, २०७९ | दाक्सु मिडिया

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पुएईविरुद्ध खराब सुरूआत गरेको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २८ ओभरमा महत्वपूर्ण ४ विकेट गुमाउँदै १०० रन पूरा गरेको छ।

कप्तान रोहित पौडेल र आरिफ शेख क्रिजमा छन्। 

पावरप्लेमै ३ विकेट गुमाएर दबाबमा परेको नेपाललाई भीम सार्की र कप्तान रोहित पौडेलले उकासेका थिए।

एक समय २२-३ को खराब स्थितिमा रहेको नेपाललाई चौथो विकेटका लागि भीम र रोहितले ५४ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए।

तर ३७ बलमा ४ चौकासहित २९ रनमा सार्की क्याच आउट भए पछि नेपालले चौथो विकेट गुमाएको छ।

यसअघि नेपालले ७.१ ओभरमा तीन विकेट गुमाउँदा २२ रन मात्र जोडेको थियो। ओपनिङ ब्याट्सम्यान आशिफ शून्यमा आउट भएका थिए। उनलाई युएईका आर्यन लक्राले दोस्रो ओभरको पाँचौ बलमा बोल्ड गरे। यस्तै अर्का ओपनर कुशल भुर्तेल ८ रन बनाएर आउट भए।

उनी पाँचौ ओभरको तेस्रो बलमा युएईका आयान खानको डलबिडब्लूको धरापमा परे। यस्तै आठौं ओभरको पहिलो बलमा कुशल मल्ल ९ रनमै आउट भए।

उच्च फर्ममा रहेको नेपालले युएईलाई हराउँदै तालिकाको चौथो स्थानमा उक्लिन चाहन्छ। यो सँगै नेपालले आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का गर्नेछ।

सात देश सहभागी विश्वकप लिग टु क्रिकेटमा नेपाल अहिले ३३ खेलबाट ३४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ। समान खेलबाट ३१ अंक जोडेको युएई छैटौ स्थानमा छ भने ११ अंक जोडेको पीएनजी सातौं स्थानमा रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: