नेपाललाई चौथो सफलता, दिपेन्द्रले लिए दोस्रो विकेट

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २५

नेपालले दिएको २९८ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको पपुवान्युगिनी (पिएनजी)ले चौथो विकेट गुमाएको छ।

२८ औं ओभरको दोस्रो बलमा दीपेन्द्र सिंह ऐरीले नेपाललाई चौथो सफलता दिलाएका हुन्।  

उनले १४ रन बनाएर खेलिरहेका चार्ल्स अमिनीलाई बोल्ड गरे। 

यसअघि १५ औं ओभरको तेस्रो बलमा नेपालका लागि सन्दीप लामिछानेले विकेट लिँदै तेस्रो सफलता दिलाएका थिए।

उनले ५० रन बनाएर खेलिरहेका टोनी उरालाई आरिफ शेखको हातबाट क्याच आउट गराए। उराले ४४ बलमा ९ चौकासहित ५० रन बनाए।

त्यसअघि दीपेन्द्रसिंह ऐरीले दोस्रो विकेट लिएका थिए भने पहिलो विकेट रनआउट बाट प्राप्त भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *