वडादशैंमा खेलकुदको रौनक, माप्य दुधकोशीमा तीनदिने कार्यक्रम

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण १८

सोलुखुम्बु – हिन्दु धर्मावलम्बीहरूको महान् चाड वडा दशैंको अवसर पारेर माप्य दुधकोशी गाउँपालिका वडा नं. २ स्थित सबैको साँझा संस्था राष्छाभूमि विकास क्लबको आयोजनामा प्रथम वडा स्तरीय राष्छा फुटबल कप प्रतियोगिता आयोजना हुने भएको छ। क्लबले जारी गरेको सूचनाअनुसार उक्त प्रतियोगिता माप्य व्याडमिन्टन क्लबको सहकार्यमा सम्पन्न गरिने छ।

कार्यक्रम अन्तर्गत पुरुष फुटबलका साथै महिला तथा पुरुष तर्फको व्याडमिन्टन प्रतियोगिता र खुला बुद्धिचाल (चेस) प्रतियोगिता समेत आयोजना गरिने छ।

उक्त प्रतियोगिता २०८२ साल असोज ७, ८ र ९ गते बिहान १०:०० बजेबाट श्री बासाखाली माविको प्राङ्गण तथा खेलमैदान, माप्य दुधकोशी गाउँपालिका वडा नं. २, राप्छा, सोलुखुम्बुमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।

क्लबले माप्य दुधकोशी गाउँपालिकाभित्रका सबै वडाहरू तथा सम्पूर्ण संघ-संस्थाहरुलाई कार्यक्रमलाई सफल बनाउनका लागि सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गरेको छ।

कार्यक्रमको मुख्य उद्देश्य स्थानिय खेलाडीको प्रतिभा प्रस्फुटन, आपसी सम्बन्ध सुदृढीकरण तथा समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्नु रहेको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *