सरकार भड्किए सही बाटोमा ल्याउने जिम्मेवारी हाम्रो : लामिछाने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न नसके राजनीतिक रूपमा हस्तक्षेप गर्ने बताएका छन्।

उनले सरकार अहिले नै असफल भइनसकेको उल्लेख गर्दै लक्ष्यअनुसार अघि बढ्न नसके सही दिशामा फर्काउने क्षमता रास्वपासँग रहेको दाबी गरे।

सरकारको यात्रामा आउने सामान्य अवरोधलाई ‘टर्बुलेन्स’सँग तुलना गर्दै लामिछानेले त्यस्ता उतारचढावबाट आत्तिनुपर्ने अवस्था नरहेको बताए। सरकारलाई गन्तव्यसम्म पुर्‍याउन आफूहरू सकारात्मक भूमिकामा रहने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *