|
२०८३ श्रावण २४
काठमाडौं । खाना पकाउने ग्यासको आपूर्ति सहज रहे पनि बजारमा अभाव देखाएर महँगोमा बिक्री गर्ने गतिविधि बढेको गुनासो आएपछि सरकारले अनुगमन तीव्र बनाएको छ।
गृह र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकाका ग्यास डिपो तथा बिक्री केन्द्रमा निगरानी बढाइएको हो। भारतबाट ग्यास आयातमा समस्या नरहेकाले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई नियन्त्रण गर्ने सरकारको तयारी छ।
उद्योगमन्त्री गौरीकुमारी यादवको आग्रहपछि गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रशासनलाई आवश्यक समन्वय गरी बजार अनुगमनमा सहयोग गर्न निर्देशन दिएका छन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्