स्रोत नखुलेको २४ लाख नगदसहित काठमाडौंमा दुई जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २५

काठमाडौं । प्रहरीले काठमाडौंका छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको २४ लाख २ हजार रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार काठमाडौं–२६ केशरमहलबाट १९ लाख ९४ हजार रुपैयाँसहित स्याङ्जाका ४१ वर्षीय ईश्वर थापा पक्राउ परेका छन्। स्कुटर जाँच गर्ने क्रममा उनको साथबाट उक्त रकम बरामद भएको हो।

त्यस्तै, कमलादी गणेश मन्दिर नजिकबाट ४ लाख ८ हजार रुपैयाँसहित ४२ वर्षीय सुदर्शन खड्का पक्राउ परेका छन्। प्रहरीले उनले प्रयोग गरेको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *