×

माप्य दुधकोशी गाउँपालिकामा सांगीतिक कार्यक्रमसँगै अध्यक्ष कप तथा राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता

माघ २७, २०८१ | दाक्सु मिडिया

सोलुखुम्बु : माप्य दुधकोशी गाउँपालिकामा सांगीतिक कार्यक्रम २०८१ को आयोजना हुँदैछ । अध्यक्ष कप तथा राष्ट्रपती रनिङ प्रतियोगिताको अवसर पारेर उक्त सांगीतिक कार्यक्रमको आयोजना हुने भएको हो ।

स्थानीय कला, संस्कृतिको प्रबद्र्धन तथा विकास गर्ने अवसर र हौसलाको लागि माप्यदुधकोशी गाउँपालिकाद्धारा आयोजित कार्यक्रम यहि माघ ३० गतेबाट गाउँपालिका रंगशाला कोर्कुमा आयोजना हुने आयोजकले जनाएको छ । कार्यक्रममा चर्चित गायक दिपक लिम्बु, सुनिता थिगिमलगायत अन्य स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति दिने छन् ।

यस्तै अध्यक्ष कप महिला पुरुष भलिबल प्रतियोगीता सोलुखुम्बु व्यापी वडा स्तरीय हुनेछ । सांगीतिक कार्यक्रम भने फागुन १ गते साँझ ५ : १५ बाट सुरु हुने आयोजकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: