|
२०८३ श्रावण २४
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विशेष महाधिवेशनले पार्टीभित्रको विवाद झन् बढाएर संगठन कमजोर बनाएको बताएका छन्।
काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले आन्तरिक समस्या समाधानका लागि विशेष महाधिवेशन उचित विकल्प नभएको बताए। नियमित महाधिवेशनको समय आइसकेकाले अब नेतृत्व चयन पनि नियमित प्रक्रियाबाटै गर्नुपर्ने उनको भनाइ छ।
पार्टीलाई गुट र विभाजनभन्दा माथि उठाएर एकताबद्ध बनाउनुपर्नेमा जोड दिँदै सिंहले नेतृत्व र कार्यकर्ताबीच सहमति र विश्वासको वातावरण आवश्यक रहेको बताए। कांग्रेसभित्रको आधिकारिकतासम्बन्धी विवादमा आफ्नो पक्षले न्याय पाउने विश्वाससमेत उनले व्यक्त गरे।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्