×

माप्य गाउँपालिका -५ र साेलुदुधकुण्ड नगरपालिका -११ सेमिफाइनलमा प्रवेश

माघ ४, २०८० | दाक्सु मिडिया सम्वाददाता

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका – ४ काँकु डाँडा गाँउमा वडा स्तरीय महिला तथा पुरुष भलिबल र खुल्ला डबल ब्याटमिन्टन खेल निरन्तर भइरहेको छ । सानो फुलबारी सामुदायिक संस्थाको अयोजनामा माप्य दुधकोशी गाउँपालिकाको वडा नंं. ४ काँकु, डाँडामा प्रतियोगिता सुरू भएको हो ।

भलिबल प्रतियोगितामा सोलुखुम्बु जिल्लाव्यापी नयाँ संरचनाअनुसारको खेलकुद तथा सांगितिक कार्यक्रम भइरहेको आयोजकले जनाएका छन् । प्रतियोगितामा सहभागिताका लागि आएका खेलाडी तथा दर्शकको बाक्लो उपस्थितीमा रमाइलो सांगितीक कार्यक्रमको साथमा यो कार्यक्रम भइरहेको धन कुमार राईले बताउनु भएको छ ।

भलिबलमा महिला र पुरूष दुबै टिम सेमिफाइनल प्रवेश गरिसकेको र ब्याटमिन्टन खेल भने दाेस्राे चरणकाे खेल भइरहेकाे र बाकी भोलीको लागी रहेको आयोजकले बताउनुभएको छ । पुरूषतर्फकाे खेलमा माप्य गाउँपालिका -५ र साेलुदुधकुण्ड नगरपालिका -११ सेमिफाइनलमा प्रवेश गरेका छन । यस्तै महिलातर्फका खेलमा माप्य गाँउपालिका -१ र माप्य गाँउपालिका -४ सेमिफाइनलमा प्रवेश गरेका छन । अन्तिम फाइनल खेल भाेलि हुने आयोजकले जनाएका छन् ।

सानो फुलबारी सामुदायिक संस्थाले संञ्चालन गरेको प्रतियोगितामा ब्याटमिन्टनमा दाेस्राे चरणकाे खेल भइरहेकाे आयोजकले जनाएका छन् । आज बाँकी रहेका सांगितिक साँझको कार्यक्रम रहेको आयोजकले बताएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: