सोलुखुम्बु ।
जुभिङ युथ सर्कलका केन्द्रिय अध्यक्ष सोना शेर्पाले संस्थाको ब्यानर सगरमाथामा फहराएर फर्किएका छन । शेर्पाले २०१९ पछि दोस्रो पटक संस्थाको ब्यानर सहित सफलतापूर्वक सगरमाथाको आरोहण गरेकाहुन ।
सोमबार बिहान ७ बजे आरोहण पछि शेर्पा आफ्नो १० जनाको टिम सहित बेसक्याम्प झर्नु भएको छ । शेर्पा माप्य दुधकोशी गाउँपालिका एक जुभिङमा जन्मिएर अहिले पर्यटन क्षेत्रमा सक्रिय छन ।
संस्थाले माप्य दुधकोशी गाउँपालिका वडा नम्बर एक भित्र विभिन्न ठाउमा म्यापिङ बोर्ड राख्ने, एसईई परिक्षा दिएर बसेका विद्यार्थी लाई कुन विषय पढ्दा के के हुने जस्तो प्रशिक्षात्मक कक्षा संचालन देखि पालिका स्तरीय भलिबल, ब्याडमिन्टन, म्याराथन जस्ता खेलहरुको समेत आयोजना गरिसकेको संस्थाका केन्द्रिय सचीव लोक घतानी बताउछन । “कोरोना महामारीको बेला घरमै पुगेर मास्क बितरण गरेका थियौ ” उनले भने, ” गाउँ देखि काठमाडौ आएर बसोबास गर्नुहुने, गाउँ बाट बिरामी भै काठमाडौ ल्याईएका अवस्था नाजुक भएका लाई आर्थिक सहयोग पनि गर्दै आएका छौ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्